काठमाण्डौ – पछिल्ला २ सातादेखि निरन्तर घटिरहेको शेयर बजार साताको अन्तिम दिन भने करिव 90 भन्दा धेरैले बढेको छ ।
आज नेप्से 90 ले बढ्दै समग्र हजार 2506 विन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
विप्लव र सरकार विचको सहमतीले समेत बजारमा असर गरेको धेरैको अनुमान छ । आज नेप्सेसँगै कारोबार रकममा पनि सामान्य बृद्धि भएको छ । आज नेप्सेका सबै उपसूचकहरुमा बृद्धिभएको छ भने सबैले चासोका साथ हेरेको नेपाल पूर्वाधार विकास बैकको शेयर पनि बढेको छ ।
आज कारोबार भएका २ सय ६ कम्पनीहरुमा प्राय सबै कम्पनीको शेयर मुल्य बढेको छ भने केवल २ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज ६ अर्व माथिकाे कारोबार हुँदा नेपाल पुर्वाधार विकास बैकको सबै भन्दा धेरैका कारोबार भएको छ । आज ६२ हजार हाराहारी पटक कारोबार भएको छ ।