प्रि ओपनिङ सेसनमा १८ कम्पनीको मात्र कारोबार,९ अंकले बढ्यो नेप्से

काठमाण्डौ – साताको अन्तिम दिन विहिबार नेप्से प्रि ओपनिङ सेसनमा ९ अंकले बढेको छ ।

आज निकै थोरै कम्पनीहरुको कारोबार भएको छ भने कारोबार भएका मध्य अधिकांसको शेयर मुल्य बढेको छ ।

१८ कम्पनीको शेयर कारोरबा भएकोमा १२ कम्पनीकोको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मुल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

यो सेसनमा ६ लाख भन्दा माथिको मात्र कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार हुँदा बेष्ट फाइनान्सको सबै भन्दा धेरै शेयर मुल्य बढेको छ ।

प्रतिक्रिया