काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नका लागि ज्योतिषको पाउ परेको नागरिक अभियन्ता तथा लेखक खगेन्द्र संग्रौलाले आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीट गर्दै देउवामाथि संग्रौलाले आरोप लगाएका हुन् ।
देउवालाई आरोप लगाउँदै संग्रौलाले डोरबहादुर बिष्टले यस्तै नेता÷शासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेको उल्लेख गरेका छन् । ’शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न मानवीय मूल्यको राजनीति र जनसेवाबाट प्राप्त जनसमर्थनको होइन,ज्योतिषको जोखानाको भरपत्यार छ’ संग्रौलाले लेखेका छन् ’ल हेर, देउवा फेरि ज्योतिष सुरेशचन्द्र रिजालका पाउ परेछन् ! डोरबहादुर बिष्टले यस्तै नेता÷शासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेका होइनन् र ?’