• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

मोवाईल र अनलाईन माध्यमबाट गरिने कारोबारको सिमा सय प्रतिशतले बढ्यो

काठमाण्डौ – नेपालमा पनि डिजिटल भुक्तानीले अब ब्यापकता पाउने भएको छ । पछिल्लो समय अनलाईन भुक्तानी गर्नेक्रम बढेसँगै नेपाल राष्ट्र बैंकले मोवाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा दोब्बर बनाएको छ । केन्द्रीय बैंकले प्रतिदिन मोवाइल बैंकिङको कारोबार सीमा २ लाख र इन्टरनेट मार्फत २० लाख सम्म भूक्तान गर्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार मोवाइल तथा इन्टरनेटद्धारा गरिने कारोबारको अधिकतम सीमा प्रतिदिन २ लाख देखि २० लाख रुपैयाँ सम्म कायम गरिएको हो । मोवाइल बैंकिङ मार्फत दैनिक २ लाख सम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसभन्दा अघि मोवाइल बैंकिङ मार्फत गरिने कारोबार प्रतिदिन एक लाख रुपैयाँ मात्र थियो ।

त्यसैगरी इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबार २० लाख रुपैयाँ कायम गरेको छ । यसभन्दा अघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ प्रतिदिन रहेको थियो । त्यसैगरी इन्टरनेटको माध्यमबाट बैंक खातामा रकम भुक्तानी गर्दा २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसभन्दा अघि त्यस्तो खालको कारोबारको सीमा १० लाख रुपैयाँ मात्र रहेको थियो ।

प्रतिक्रिया