काठमाण्डौ – साताको चौथो दिन बुधबार नेप्से करिव ४० अंकले घटेर समग्र बजार २४ सय १६ विन्दुमा आइपुगेको छ ।
बुधबार दिनभरिमा २ सय १२ कम्पनीहरुको ६ अर्व माथिको कारोबार भएको छ । कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
आज २९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने जसमा २ कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । त्यस्तै १ सय ३९ कम्पनीको शेयर मुल्य घटेको छ । साथै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज होटल र ब्यापार उपसूचक बाहेक अन्य सबै उपसूचकहरुमा रातो पोतिको छ ।