काठमाण्डौ नेपाल सरकार र नेत्रविक्रम चन्द समूहको पार्टी विच आज पहिलो चरणको वार्ता २ घण्टा बसेर सकिएको छ ।
सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्तीका सल्लाहकार परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले वार्ता सम्पन्न भएको साथै सकारात्मक दिशाउन्मूख भएको जानकारी दिएका छन ।
हिजो मात्र सरकार र विप्लप पक्षले दुई दुई जना सदस्य रहने गरि वार्ता टोलि गठन गरेका थिए ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।
Posted by Rajan Bhattarai on Tuesday, March 2, 2021