काठमाण्डौ – साताको चौथो दिन नेप्से प्रि ओपनिङ सेसनमा नेप्से करिव ६ अंकले घटेको छ ।
मंगलबार पनि नेप्से करिव ६० अंकले घटेको थियो भने कारोबार रकम पनि घटेको थियो । आज यो सेसनमा २९ कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य १३ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ११ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
सबैको चासो रहेको नेपाल पुर्वाधार विकास बैकको शेयर मूल्य भने आज यथावत रहेको छ । आज यो सेसनमा २६ लाख भन्दा धेरैको कारोबार भएको छ ।