‘लुते’ प्रधानमन्त्री ओली मुलुकको लागि आवश्यक छैन– गगन थापा

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले ‘लुते’ प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको लागि आवश्यक नभएको बताएका छन् । सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफ्नो ज्यानमाथि खतरा रहेको भनेर बोल्ने ‘लुते’ प्रधानमन्त्रीले मुलुकको हितमा काम गर्न नसक्ने बताए ।

‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ’ उनले भने, ‘यस्तो लुते प्रधानमन्त्री चाहिएन ।’ बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहने प्रधानमन्त्री यसरी डराउँछन् भने अरुको ज्यान जोगाउन नसक्ने थापाले बताए । ‘वर्तमान प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा छैन’ थापाले भने, ‘केही दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्छ ।’

प्रतिक्रिया