• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेमा अर्धसतको पहिरो,कारोबार रकम पनि घट्यो

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्सेमा ठुलो पहिरो गएको छ । आज नेप्से मात्र घटेको छैन कारोबार रकम पनि घटेको छ ।

आज शेयर बजार करिव 59 अंकले घटेर 3455 विन्दुमा आइपुगेको छ । नेप्से घटेका काराण आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्व हाराहारीको मात्र कारोबार भएको छ ।

कारोबार भएका प्राय सबै कम्पनीहरुको शेयर मूल्य घटेका कारण नेप्से घटेको हो । कारोबार भएका २ सय 8 कम्पनीहरुमा केवल केहि कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ बाँकी सबैको शेयर मूल्यमा ठुलो गिरावट आएको छ ।

धेरै कम्पनीहरुको शेयर मूल्य घटे पनि कारोबार भएका मध्य २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरु हुन चन्द्रागिरी हिल्स र साल्ट डेडिङ लिमिटेड ।

आज नेप्सको सबै उपसूचकहरुमा रातो पोतिएको छ तर होटल र ब्यापार क्षेत्रमा भने सामान्य बृद्धि भएको छ ।

प्रतिक्रिया