मञ्जित र अमित बाबुको नयाँ गीत मेरो पो को छ र मा खेम र मञ्जु

काठमाडौ – नेपाली लोकदोहोरीमा नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन ।

यसै विच मेरो पो को छ र बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा अहिलेका चर्चित गायक खेम सेञ्चुरीको आवाज रहेको छ भने उनलाई आवाजमा मञ्जु विष्टले साथ दिएकी छन ।

माया प्रेमलाई विषय बनाई मञ्जित पहाडीले गीतको शब्द सिर्जना गरेका हुन भने सर्जक अमित बाबु रोकायले गीतको लय सिर्जना गरेका छन ।

स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा धुर्व हिमाली,जुना गुरुङ र सर्जक रोकायको समेत अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया