शान्ती श्री र कुशल बेल्बासेको आवाज रहेको नयाँ गीत हातैका पौजालेको चौतर्फि चर्चा किन भयो ?

काठमाण्डौ – लोकप्रिय गायिका शान्ति श्री परियार र कुशल बेलबासेले आवाज दिएको नयाँ गीतको निकै चर्चा भइरहेको छ ।

युउटुवमा आक्राम दर्शक नबनाए पनि गीतको धेरैले खुलेर प्रसंसा गरेका छन भने टिकटकमा समेत धेरैले यो गीतको नक्कल गरेर भिडियो बनाएका छन । सामान्य भन्दा यो गीतको अलि बढी चर्चा किन भइरेको छ त ? आज यस विषयमा हामीले केहि कारण दिने छौंं ।

गीतमा निकै चलेका कलाकारहरुले आवाज दिएका छन । चर्चित गायिका शान्ती श्री र सुमधुर आवाजका धनि कुसल बेलबासेले गीतलाई न्याय गरेर आवाज दिएका छन । उनीहरुको सुमधुर आवाजले गर्दा पनि गीतको चर्चा भएको मान्न सकिन्छ ।

गीतको सबै भन्दा दमदार पक्ष भनेको शब्द र म्युजिक भिडियो हो । गीतमा बेल्बासेले मुटु छुने शब्द सिर्जना गरेका छन भने प्रकास भट्टले गीतलाई न्याय गर्ने गरि भिडियो बनाएका छन । गीतले भन्न खोजेको कुरा भिडियोले प्रष्ट पारेको छ । गीत विछोड भएका प्रेमीहरुको कथालाई दर्दनाक रुपमा प्रस्तुत गरेको छ ।

अञ्जली अधिकारी र ओवी रायमाझीले गरेको अभिनयको समेत चर्चा भइरहेको छ । गीतको पात्रलाई न्याय दिएर उनीहरुले अभिनय गरेका छन ।

समग्रमा गीतको सम्पुर्ण टिमले निकै उत्कृष्ट काम गरेका छन त्यहि कारणले पनि गीतको चर्चा निकै भइरहेको छ । गीतको लय यस अघि सार्वजनिक भएको गीत मिर्सी खानेलाईसँग केहि मिलेको भनेर केहिले प्रश्न समेत गरेका छन तर लोकदोहोरीमा यति सम्म विट मिल्नु सामान्य मानिन्छ ।

लोकप्रिय सर्जक नवराज पन्तको नयाँ युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ तर उत्कृष्ट प्रतिक्रिया सहित दर्शक पनि राम्रै बनाइरहेको छ ।

प्रतिक्रिया