काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपनिङ नेप्से ८ अंकले बढेर समग्र बजार २५ सय २३ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका २१ कम्पनीको शेयर मूल्य बृद्धिहुँदा नेप्से समेत बढेको हो । त्यस्तै ५ कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ भने १ कम्पनीको मूल्य यथावत रहेको छ ।
यो सेसनमा २७ कम्पनीहरुको २२ लाख रुपैया बराबरको कारोबार भएको छ । सोमबार पनि करिव ४० अंकले बढेर बजारमा उत्साह आएको थियो । केहि दिन यता ओरालो लागेको निफ्राको शेयर मूल्य पनि आज सामान्य बढेर कारोबार भएको छ ।