थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने रुपेशको "सिन्दुर मेरै हो" किन छ चर्चामा ?

काठमाडौं । कम गीत सिर्जना गरे पनि दर्शक–स्रोतामाझ गहिरो प्रभाव छाड्ने सर्जक तथा गायक रुपेश न्यौपानेको नयाँ गीत ‘सिन्दुर मेरै हो’ सार्वजनिक भएको छ। अध्ययनका क्रममा विदेशमा रहेका न्यौपानेले गीत–संगीतमा आफ्नो सक्रियता निरन्तर कायम राखिरहेका छन्।

उनका गीत सार्वजनिक भएपछि श्रोतामाझ कौतूहल पैदा हुने र राम्रो सफलता पाउने गरेका छन्। केही समयअघि सार्वजनिक भएको ‘आँधी रातैमा’ गीतले पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो।

न्यौपानेले भर्खरै सार्वजनिक गरेको नयाँ गीत ‘सिन्दुर मेरै हो’ मार्मिक शब्द, मन छुने लय र आफ्नै सशक्त आवाजका कारण श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। यस गीतका शब्द तथा लय स्वयं रुपेश न्यौपानेले सिर्जना गरेका हुन् भने संगीत संयोजन तारानाथ आचार्यले गरेका छन्।

गीतको म्युजिक भिडियोमा पनि विशेष ध्यान दिइएको छ। निर्देशक सागर ज्ञवालीको निर्देशनमा बनेको भिडियोमा देवेन्द्र बब्लु, जुना गुरुङ, सन्देश लामिछाने र रुपाना सापकोटाको अभिनय रहेको छ।

माया प्रेममा विछोडको भावनालाई प्रस्तुत गर्ने यस गीत श्रोताहरूको मन जित्न सफल भएको छ।

 

प्रतिक्रिया