काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमा माथि सुरक्षा खतरा रहेको संकेत गरेका छन् । । पोखरामा शनिबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । कसबाट खतरा रहेको बताएनन् । उनले देशी विदेशी तत्वबाट आफूले प्रहार खेपी रहेको बताए ।
कार्यकर्ता प्रशिक्षणमा ओलीले भने “अन्यथा नमान्नुहोला, ममाथि शारीरिक हमला नै भयो, मेरो ज्यान तलमाथि भयो भने पनि अन्यथा नमान्नुहोला । तर त्यस्तो हुँदैन । म रहिन भने पनि अन्यथा नमान्नुहोला, पार्टी छ, विचार छ ।”
विकासका काम गरिरहेको देखेर नै देशी–विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेको बताए । विकास निर्माणको कामले गति लिइरहेको कारणले आफू माथि प्रहार भएको उनको दाबी छ । तर, सुरक्षा अधिकारीहरु भने प्रधानमन्त्रीमाथि कुनै सुरक्षा थ्रेट नभएको बताउँछन् । प्रधानमन्त्री ओलीले आफूप्रति सहानभूति बटुल्नका लागि यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताए ।