• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओपन सेसन अपडेट नेप्से बढ्यो नेफ्राको आज पनि मूल्य घट्यो

काठमाण्डौ – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ७९।७४ अंक घटेर २४७४।३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३।९४ अंक बढेर २४८८।३३ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २।६८ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३२ कम्पनीको ३६ लाख ३५ हजार ७२ रुपैयाँ बराबरको ४ हजार ८५५ कित्ता शेयर खरिदबिक्री भएको छ।

सबै भन्दा ठुलो आईपीओ निष्कासन गरेको नेपाल पूर्वाधार विकास बैकको शेयर मूल्य सोमबार पनि घटेको छ । सामान्य घटेर कारोबार भइरहेको सो कम्पनीको कारोबार भने आक्राम भइरहेको छ ।

प्रतिक्रिया