काठमाडौं - लोप हुन लागेका पुराना सिर्जनालाई सबै माझ परिचित गराउने हेतुले कलाकारहरुले नयाँ गीत "हाई मुरली हाई" सार्वजनिक गरेका छन् ।
गीतमा नेपाली लोक दोहोरीका एक दर्जन कलाकारहरुले आवाज दिएका छन् । आशिष अविरलको संगीत संयोजन तथा लय संयोजन रहेको सो गीतको शब्द आशिक, बलबहादुर र राजकुमार मिलेर बनाएको हुन् ।
गीतमा आशिष,वसन्त थापा,ईश्वर सिंह, तेजश रेग्मी, इमन् साइनल,प्रकाश खप्तरी मगर र रेशम निर्दोषको आवाज रहेको छ । त्यस्तै महिला कलाकारमा देवी घर्ती,जुना श्रीस,समीक्षा अधिकारी, तारा श्रीस, शुशिला पाठक र अमृता नेपालीको आवाज रहेको छ ।
गीतको म्यूजिक भिडियो निर्देशन यम गुरुङको रहेको छ भने दुर्गेश थापा र रिता थापा मगरको अभिनय रहेको छ ।