काठमाण्डौ । आफ्नो भनाईको चर्को आलोचना हुन थालेपछि नेकपा नेता रद्युजी पन्तले अर्की नेतृ कोमल ओलीलाई सरी भनेका छन ।
पन्तले शनिबार राजधानीमा आयोजित कार्यकर्ता भेलामा संम्बोधन गर्दै वलीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।
उनको सो कुराको सामाजिक सञ्जालहरुमा चर्को आलोचना भएको थियो । साथै कोमल वलीले समेत उनको भाई प्रति दुख ब्यक्त गर्दै अदालत जाने प्रक्रिया दिएकी थिइन ।
विवाद चर्किदै गएपछि मिडियाहरुसँग कुरा गर्दै नेकपा प्रचण्ड माधव समूहका नेता पन्तले आफ्नो भनाईको आसय त्यस्तो नभएको बताउँदै वलीसँग माफि मागेका छन ।