नायक पल शाहले कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी

काठमाण्डौ – अहिले नेपाली चलचित्र सुख्खा छ । यस अर्थमा की चलचित्र सम्बन्धी कुनै गतिविधि भएका छैन । तर नेपाली चलचित्र कर्मीहरु भने बेला बेलामा चर्चामा आइरहन्छन् ।

सुष्मा कान्ड सेलाउन नपाउँदै नायक पल शाह विवादमा तानिएका छन् । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।

उनको निर्देशनमा कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा पलले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ ।

प्रतिक्रिया