काठमाण्डौ । न्युज २४ टिभी छोडेका सञ्चारकर्मी रवि लामिछानेले आफ्नै च्यानल खोलेका छन । च्यानलको नाम रहेको ग्यालेक्सी ४ के रहेको छ ।
सो च्यानलमा लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।
जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। लामिछानेले सिधा कुरा जनतासँग यसै च्यानलबाट फरक रुपमा चलाउन लागेका छन ।