काठमाण्डौ । सानो उमेर देखिनै गीत संगीतमा लागेर सबैको मन जित्न सफल बनिरहेकी बाल गायिका दीपिका कँडेल र गणेश अधिकारीले आवाज दिएको नयाँ गीत मेरी प्यारी बैनि भर्खर मात्र सार्वजनिक भएको छ ।
कँडेलले आवाज दिएका धेरै गीतहरु सार्वजनिक भइसकेका छन । प्रदेशी बाबा बोलको गीतबाट सांगीतक क्षेत्रमा आएकी कँडेलले पछिल्लो गीतमा आँफैले अभिनय समेत गरेकी छन । उनलाई अभिनयमा लोकप्रिय सर्जक तथा मोडल प्रकास सपुतले साथ दिएका छन । गीत सानो बैनि र दाई विचको प्रेमलाई उठाइएको छ ।
गीतलाई गणेश अधिकारीले लेखेका हुन भने मेहन्द्र भण्डारीले लय सिर्जना गरेका छन । गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।
गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आएको साथै सामाजिक सञ्जाल टिकटकमा समेत धेरैले गीतको भिडियो बनाएको दीपिकाका पिता तथा दीपिका म्युजिकका सञ्चालक दिपक कँडेलले बताउनु भयो ।
गीतको म्युजिक भिडियो निर्देशन मौषम हिमालीले गरेका छन ।