मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीले नियन्त्रणमा

काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो, प्रहरीका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए।

असोज २ मा काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो। उनीमाथि विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको मुद्दामा जाहेरी दर्ता भएको छ, जसको अनुसन्धान साइबर ब्युरोले गरिरहेको छ।

प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

प्रतिक्रिया