काठमाण्डौ – लोकप्रिय गायक पुस्कल शर्माको पछिल्लो गीत के दिउँ मायालाई चिनो सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।
गीतले छोटो समयमै २ लाख ५० हजार दर्शक बनाउँदै उत्कृष्टको सूचीमा २४ नम्बरमा पर्न सफल भएको छ ।
प्राय वियोगान्त गीत बनाउने शर्माले यो पटक आफू मात्र नाचेका छैन् दर्शकलाई पनि नचाउने गीत निर्माण गरेका छन् ।
गीतलाई शर्मा र रचन रिमालले आवाज दिएका छन् । गीतलाई काजिस् श्रेष्ठले निर्देशन गरेका छन् भने शर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ ।