काठमाण्डौ । दोस्रो बजारमा प्रवेश गरेको छोटो समयमै नेपाल पूर्वाधार विकास बैकको शेयर मूल्य आकासीएको छ ।
लागातार ६ दिन सम्म सकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य ६ सय पुगेको छ । आज कारोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मुल्य ५४ रुपैयाँले बढ्दै सकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको शेयर मुल्य खरिदमा आज पनि अत्यधिक चाप रहेको छ भने कारोबार समेत आक्रामक रुपमा भइरहेको छ । यो समाचार तयार पार्दा सम्म करिव १० लाख बराबरको शेयर माग रहेको छ ।