प्रकाश सपुतको प्यारी बैनी बनिन् बाग्लुङकी दीपिका कँडेल

काठमाण्डौ – नेपाली लोकदोहोरीमा बालकलाकारहरुको आगमन तिब्र बनिरहेको छ । प्रतिभाशाली बालबालिकाहरूले यस्तो ठाउँ पाउनु अत्यन्तै राम्रो कुरा हो ।

यस्तै छोटो समयमै नेपाली लोकदोहोरीमा सबै माझ चर्चित बाग्लुङकी ९ वर्षे बालिका दीपिका कँडेलको आवाज र अभिनय रहेको नयाँ गीत मेरी बैनी प्यारी सार्वजनिक हुने तयारीमा रहेको सर्जक तथा दीपिका म्युजिकका सञ्चालक दीपक कडेलले जानकारी दिनु भयो ।

अर्को हप्ता सार्वजनिक हुने तयारीमा रहेको सो गीतमा दीपिका कँडेल र गणेश अधिकारीको आवाज रहेको छ । गीतलाई अधिकारीले शब्द बनाएका हुन भने महेन्द्र भण्डारीको लय सिर्जना रहेको छ ।

मौसम हिमालीको निर्देशन रहेको गीतमा दीपिकाको दाइको रुपमा गायक सर्जक प्रकाश सपुतलाई देख्न सकिन्छ ।

प्रतिक्रिया