• गृहपृष्ठ /
  • शेयर बजार ,
  • पूर्वाधार/यातायात ,
  • मुख्य खबर ,
  • समाचार

इन्धनको मूल्य बढेपछि हवाई भाडा पनि बढ्यो

काठमाडौ – सरकारले एक साताको अन्तरालमा २ पटक इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको छ ।

संघले न्यूनतम १० रुपैयाँ देखि ९० रुपैयाँ सम्म बढाएको हो । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ ।

निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको संघले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ रुपैयाँ कायम गरिएको छ ।

सबैभन्दा नजिकको दूरीमा १० देखि लामो दूरीमा ९० रुपैयाँ सम्म मूल्य वृद्धि गरिएको छ ।

प्रतिक्रिया