• गृहपृष्ठ /
  • समाचार ,
  • मोडेल ,
  • फोटो फिचर ,
  • जीवनशैली / मनोरंजन

मनकारी गायिका एलिना,जसले २ सय परिवारलाई खाद्यान्न सहयोग

काठमाडौं - नेपाली सांगीतिक क्षेत्रमा आफ्नो आवाज मार्फत सबैको मन जित्दै गइरहेकी लोकप्रिय गायिका एलिना चौहान समाज सेवामा समेत अघि देखिएकी छन ।  


दर्जनौं उत्कृष्ट गीत मार्फत सबैको मन जित्दै गइरहेकी चौहानले  चितवनको राप्ती नगरपालिका १३ का गरिब परिवारलाई दाल, चामाल, नुन तेल लगायतका खाद्यान्न सहयोग एलिनाले शनिबार उक्त स्थानमै गएर हस्तान्तरण गरेकी हुन् ।

वर्षदिन काम गरेर पनि खान नपुग्ने त्यस स्थानका वासिन्दालाई केही खाद्यान्न सहयोग गर्न पाउँदा आफुलाई निकै सन्तुष्टि मिलेको उनको भनाइ छ । उनले आफ्नो फेसबुक वालमा सहयोग गर्दाका तस्वीरहरु सेयर गर्दै सहयोग सम्बन्धि जानकारी गराएकी हुन् ।

आफू टिकटक लाइभमा बस्दा लाइभबाट आएको पैंसा र देश विदेशमा रहनुभएका नेपालीमनहरुको सहयोग मिसाएर उक्त सहयोग गर्न सफल भएको पनि एलिनाको भनाइ छ । विकट ठाउँ भएकोले त्यस स्थानमा आजसम्म सहयोग लिएर कोही नपुगेको र आफुले सहयोग लिएए जाँदा ति गरिब वासिन्दाहरु खुशी भएको एलिना बुझाइ छ । 

 


 

प्रतिक्रिया