काठमाण्डौ । बुधबार नेपाली शेयर बजार मापन गर्ने इन्डेक्स नेप्से करिव दश अंकले बृद्धिहुँदै समग्र बजार २६ सय ११ विन्दुको किर्तिमानी उचाइमा पुगेको छ । यो उचाई अहिले सम्मकै उच्च विन्दु हो ।
बुधबार नेप्से बढे पनि धेरै कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज २ सय ३ कम्पनीहरुको शेयर खरिद विक्रिहुँदा ८ अर्व माथीको कारोबार भएको छ । त्यस्तै ५८ कम्पनीहरुको शेयर मूल्य बृद्धिहुँदा ४ कम्पनीको शेयर मूल्यमा सकारात्क सर्किट लागेर कारोबार भएको छ ।
त्यस्तै आज १ सय ४ कम्पनीको शेयर मूल्यमा गिरावट आँउदा सनराईज म्युचुअल फण्डका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन । १३ कम्पनीको शेयर मूल्य भने आज यथावत रहेको छ । आज ७६ हजार ६ सय भन्दा धेरै पटक खरिद विक्रीहुँदा निफ्राको धेरै कारोबार भएको छ ।