• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • जीवनशैली / मनोरंजन ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको शेयरमा पनि निफ्राको बराबर आवेदन,धेरैको हात भने खाली हुने

काठमाडौ – पछिल्लो समय प्राथमिक बजारमा धेरैको आकर्षण रहेको कुरा विभिन्न समय निष्कासन हुने आईपीओले पनि प्रमाणीत गरेको छ ।

यस क्रममा मंगलबार निष्काशन बन्द भएको महलिा लघुवित्तको साधारण शेयरमा झण्डै १५ लाख जनाले आवेदन गरेका छन् ।

मंगलबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार लघुवित्तको शेयरमा मेरो शेयरबाट मात्र १४ लाख ४४ हजार ५८८ जनाले आवेदन दिएका छन् । उल्लेखित आवेदकहरुबाट २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैंयाको शेयर आवेदन परेको छ । जबकी सर्वसाधारण, कर्मचारी र सामुहिक लगानी कोषका लागि लघुवित्तले ४ लाख कित्ता मात्र शेयर छुट्याएको हो । यसमा पनि लघुवित्तका कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषहरुलाई २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरिएको हो ।

यस आधारमा लघुवित्तको १० कित्ता शेयर पाउने शेयरधनीको संख्या ३७ हजार ५०० मात्र हुनेछ भने १४ लाखभन्दा बढी आवेदकले शेयर पाउने छैनन् ।

प्रतिक्रिया