• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्सेको अचम्मको चाल,१५ अंकले बजार बढ्दा कारोबार रकम भने दश अर्व

काठमाण्डौ – साताको तेस्रो दिने नेप्से १५ अंकले बढेर २६ सय १ विन्दुमा पुगेको छ । यो नयाँ किर्तिमानी विन्दु हो ।

आज बजार बन्द हुनेबेलामा नेप्से एक्कासी बढेको थियो । हिजोको तुलनामा आज कारोबार रकम थोरै घटे पनि दश अर्व नजिक पुगेको छ ।

२ सय ८ कम्पनीहरुको कारोबार भएकोमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नविल बैकको सबै भन्दा धेरै कारोबार हुँदा १ सय १५ कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

साथै ७ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । आज नेप्सेका उपसुचकहरुमा हरियो पोतिएको छ । बजार बन्द हुने बेलामा लगानीकर्ता बैकमा झुम्मिएका थिए ।

प्रतिक्रिया