• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कारोबार सुरु भएको एक मिनेटमै निफ्राको शेयरमा सकारात्मक सर्किट,तीन दिन लगातार बढेको शेयरमा खरिदकर्ताको घुँइचो

काठमाण्डौ । नेपाल पुर्वधार विकास बैकको दोस्रो बजारमा कारोबार आक्रामक देखिएको छ ।

हाइ रेन्चमा ओपन भएको यो कम्पनीको शेयर मूल्यमा आज मंगलबार लगातार तेस्रो पटक सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य ४ सय ५२ पुगेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको थियो । त्यस्तै यो कम्पनीको शेयर खरिदमा अत्याधिक चाप देखिएको छ । कम्पनीको शेयर खरिदमा करिव ३० लाख हाराहारीको माग रहेको छ ।

प्रतिक्रिया