काठमाण्डौ । सोमबार उत्साहजन रुपमा बढेको बजार मंगलबार पनि त्यहि गतिमा बढ्ने देखिएको छ ।
मंगलबार प्रि ओपनिङ सेसनमा करिव ३० अंकले नेप्से बढेको छ । त्यस्तै एक दर्जक जति कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढेका छन । आज सो सेसनमा नेको इन्स्योरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ ।
७२ कम्पनीको शेयर किनबेच भएकोमा ६० कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै ८ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज १ करोड ६३ लाख भन्दा धेरैको कारोबार भएको छ ,