काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण शेयर सार्वजनिक हुने भएको छ ।
साधारण सभामा आईपीओ निष्कासनको लागि प्रस्ताव पेश गरिएको थियो । कम्पनीले ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताप सर्वसहमत पारित गरेको छ ।
सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७५,७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए ।
सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ ।