“नजाऊ है सानु पधेँरिमा”ले जमेको विश्वकर्मा र सुवेदीको जोडीले ल्याए नयाँ कोसेली “जूनकीरी”

काठमाडौ – नेपाली लोकदोहोरीमा चर्चित गायक कुलेन्द्र विश्वकर्माको नयाँ गीत जूनकीरी भर्खर मात्र सार्वजनिक भएको छ ।

यो पटक उनको जोडी आफ्ना पुराना सहकर्मी प्रह्लाद सुवेदीसँग मिलेको छ । नजाऊ है सानु पँधेरीमा बोलको गीत बाट यो जोडी निकै चम्केको थियो ।

यसो त सुवेदीले निकै उत्कृष्ट शब्द सिर्जना गर्न सक्छन । त्यो कुरा पछिल्लो गीतमा पनि पुष्टि भएको छ । यो गीतमा उनले निकै कलात्मक शब्द सिर्जना गरेका छन् । गायक र सर्जक दुवै पर्वतका कलाकार हुन् ।

यो पटक विश्वकर्मालाई आवाजमा मेलिना राईको साथ दिएकी छन् भने लय सिर्जना कुसल सर्जक योगेश काजीले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा मौसम हिमालीले निकै मेहनत गरेको प्रष्ट देख्न सकिन्छ भने निता ढुंगाना र गायक विश्वकर्माको अभिनय रहेको छ ।

प्रतिक्रिया