दर्शकको मायाले मख्ख "सानु माया"निर्माण युनिट

काठमाडौं - लोकप्रिय गायक गणेश अधिकारी र शान्ति श्री परियारको आवाज रहेको नयाँ गीत सानु माया भर्खर मात्र सार्वजनिक भएको छ । 

गीत सार्वजनिक भएपछि दर्शकको राम्रो प्रतिक्रिया समेत पाइरहेको निर्माण युनिटले जनाएको छ । गीतको प्रतिक्रियाले आफूहरु उत्साहित रहेको निर्माण युनिटले हामीलाई बताएको छ । 

गणेश अधिकारी र रिजन बस्यालको शब्द रहेको गीतमा गणेश अधिकारीकै लय सिर्जना रहेको छ । 

गीतको म्युजिक भिडियो समेत अधिकारी आफैले गरेका छन् भने अञ्जली अधिकारी,रिजन बस्याल र श्याम खरेलको अभिनय रहेको छ।

 

प्रतिक्रिया