• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा घटाउने चर्चाको असर सेयर बजारमा, दोहोरो अंकको गिरावट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर धितो कर्जाको सिमा घटाउने चर्चा सँगै सेयर बजारमा गिरावट आएको छ ।

पछिल्लो समयमा बैंकहरुले सेयर धितोमा कर्जा बढाएका छन् । अन्य क्षेत्रमा कर्जा प्रवाह नभएपछि बैंकहरुले सेयर लगानीकर्तालाई बोलाएर नै कर्जा दिने गरेका छन् ।

जसले गर्दा पनि बजारको उछाल आउनुका साथै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । तर राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा हाल काम रहेको सेयर धितोकर्जाको सिमा ७० प्रतिशतकबाट घटाउने चर्चाले बजारमा गिरावट आएको बताइन थालेको छ । राष्ट्र बैंकले सेयर धितोकर्जाको सिमा घटाउने भनेपनि कति घटाउने भन्ने यकिन भएको छैन ।

आज साताको अन्तिम कारोबार दिन (बिहीवार) नेप्से १६ दशमलव ११ अंकले घट्को छ । आज आठ अर्ब ४१ करोड १७ लाख ३२ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया