शेयर कर्जाको सीमा घटाउने राष्ट्र बैंकको तयारी

काठमाडौं–मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गर्ने तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले फागुनको पहिलो साता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरेको छ ।

बैंकहरुले सेयर बजारमा कर्जा लगानी बढाउन थालेपछि राष्ट्र बैंकले यस्तो तयारी गरेको हो । बैंकहरुमा अन्य क्षेत्रबाट कर्जाको माग न्यून हुँदा बैंकहरुले सेयरधितो कर्जालाई नै प्राथमिकता दिँदै आएका थिए ।

शेयरमा बैंकको ऋण लगानी जोखिममा पर्न सक्ने भन्दै सीमालाई परिमार्जन गरेर ६० प्रतिशत तोक्ने तयारी गरेको हो । चालु आवको पहिलो ६ महिना बैंक तथा वित्तीय संस्थाको शेयर धितो कर्जा ५० प्रतिशत बृद्धि भएको छ ।

बैंक तथा वित्त कम्पनीले ५० अर्ब ४१ करोड रुपैयाँ सेयर धितामा कर्जा प्रवाह गरेकामा पुस मसान्तसम्म आइपुग्दा २५ अर्ब २९ करोड ३० लाख रुपैयाँले थप गरेर ७५ अर्ब ७० करोड ३० लाख रुपैयाँ पु¥याएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति अर्ध वार्षिक समीक्षामा सेयर धितो कर्जाको सीमालाई पपिरमार्जन गरी घटाउने संकेत पाएपछि बैंकरहरुले भने गभर्नरलाई सीमा नघटाउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया