राम कुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं–निरंकुश शासनका विरुद्धमा सडकबाट नेता बनेकी रामकुमारी झाँक्री अहिले फेरी चर्चामा छिन् । कारण, प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सदर गरेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गर्दै आएकी छिन् ।

नेकपाको प्रचण्ड, माधब नेपाल समूहमा रहेकी नेतृ झाँक्रीले राष्ट्रपतिको बारेमा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीलेसोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाकाले सोधपुछका लागि बोलाएको एसएसपी दीपक थापाले बताए । प्रहरीले बोलाए पनि झाँझी प्रहरीको जान मानेकी छैनन् ।
रामकुमारीलाई प्रहरीले सोधपुछका लागि बोलाएपछि चौतर्फी आलोचना भएको छ ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोचेको भन्दै आलोचना भएको हो । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया