महिला लघुवित्तको आईपीओ भोली निष्कासन हुने

काठमाडौँ–पुँजी बजारमा विभिन्न कम्पनीले एक पछि अर्को प्राथमिक शेयर (आईपीओ) निष्कासन गरिरहेका छन् । फेरी अर्को लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्न लागेको छ । महिला लघुवित्त वित्तीय संस्थाले भोली (माघ ३०) गते आईपीओ निष्कासन गर्दैछ ।

माघ २८ गते निष्कासन गर्ने तयारी गरेकोमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै भोली माघ ३० लाई सारेको थियो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार महिला लघुवित्तको आईपीओ छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिसेयर १०० रुपियाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर (४ करोड रुपैयाँको) विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

संस्थाको जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रकम बराबरको ४ लाख कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता कर्मचारीहरु तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया