काठमाडौ – बहु प्रतिभाका धनी सर्जक तथा गायक अमित बाबु रोकाया र टिका सानुको आवाज रहेको नयाँ गीत काटी सलाईको भर्खर मात्र सार्वजनिक भएको छ ।
गीत सार्बजनिक भएको छोटो समयमै चौतर्फी प्रसंसा पाइरहेको छ ।
गीतलाई विराज ओलीले शब्द सिर्जना गरेका छन् भने लय सिर्जना गायक रोकायकै रहेको छ ।
माया प्रेमलाई विषय बनाई तयार पारिएको गीतलाई अमितकै निर्देशन रहेको छ । गीतको भिडियोमा गायक अमित र टिकालाई समेत देख्न सकिन्छ ।