काठमाण्डौ – मंगलबार प्रि ओपनिङ सेसनमा लगानीकर्ताको ध्यान लद्युवित्ततीर तानिएको छ ।
सोमबार बैंकमा झुम्मिएका लगानीकर्ताहरु आज भने लघुुवित्त तर्फ मोडिने देखिएको छ । सो सेसनमा १ करोड १७ लाख भन्दा धेरैको कारोबार भएको छ ।
६५ कम्पनीको शेयर कारोबार भएकोमा ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । ग्रामिण विकास लद्युवित्तको सबै भन्दा धेरै कारोबार हुँदा अरुण खोला जलविद्युको शेयर मूल्य सबै भन्दा धेरै करिव ५ प्रतिशत घटेको छ ।