पहिलो चरणमा ४० जिल्लामा र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय

काठमाडौं–प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले दुई चरणमा घोषणा गरेको निर्वाचनमा जिल्लाको बाँडफाँड गरेको छ । आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागिे निर्वाचन गर्न सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन गर्ने मिति सदर गरिदिएकी थिइन् । त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ । निर्वाचन आयोगले चुनाबको तयारी अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया