वास्तविक जीवनमा प्रेम बिहे सफल बनाएका रोशनको गीति जीवनमा भने प्रेमको दर्दनाक अन्त्य – भिडियो सहित

काठमाडौ – बहुप्रतिभशाली युवा सर्जक तथा गायक रोशन गैरेको नयाँ गीत “धुमधाम बिहे” भर्खर मात्र सार्वजनिक भएको छ ।

रोशनले दुई प्रेमी बीचको प्रेम कहानीलाई गीत मार्फत दर्दनाक अन्त्य भएको देखाएका छन् । अचम्मै उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जना रहेको गीतमा रोशनको आवाजमा समीक्षा अधिकारीले साथ दिएकी छन् ।

गीतलाई निर्देशक प्रकाश भट्टले चितवनको उत्कृष्ट दृश्य सहित मनमोहक भिडियो बनाएका छन् ।

गीतमा रोशनलाई अभिनयमा रोशनी कार्कीले साथ दिएकी छन् ।

गीत सार्बजनिक भएपछी आर्थिक सन्देश संग कुरा गर्दै गीतलाई छोटो समयमै धेरैले राम्रो प्रतिक्रिया दिएको बताउनु भयो ।

प्रतिक्रिया