भोली निष्कासन गर्ने भनिएको लघुवित्तको आईपीओको मिति दुई दिन पछि सर्यो

काठमाडौँ–सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै भोली बुधबार (माघ २८ गते) निष्कासन गर्ने तयारी भैरहेको एक लघुवित्त कम्पनीको प्राथमिक शेयर (आईपीओ)को मिति पछि सारेको छ । महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि आईपीओ निष्काशन खुला गर्ने निर्णय गरेको थियो ।

क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै अनुरोध गरेपछि मिति सारेको हो । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार महिला लघुवित्तको आईपीओ अब माघ ३० गतेदेखि निष्काशन खुला हुनेछ । आईपीओमा छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले प्रतिसेयर १०० रुपियाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर (४ करोड रुपैयाँको) विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

संस्थाको जारी पूँजी १० करोडको ४० प्रतिशतले हुन आउने ४ करोड रकम बराबरको ४ लाख कित्ता आईपीओ मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता कर्मचारीहरु तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया