काठमाडौ – सुमधुर आवाजको धनी गायिका जमुना सनमको नयाँ गीत हिजो राती के के भयो के के भर्खर मात्र सार्वजनिक भएको छ ।
अत्यन्तै रमाइला शब्द र सुमधुर लय रहेको गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ । गीतमा जमुनालाई खेम सेञ्चुरीले साथ दिएका छन् ।
गीतलाई राजु सनमले लय तथा शब्द सिर्जना गरेका छन् । गीतको म्युजिक भिडियो समेत निकै रमाइलो बनाइएको छ ।
गीतलाई कुमार केसीले निर्देशन गरेका छन् भने तेजश रेग्मी,पूजन घिमिरे,अर्जुन गौतम,बिना विश्वकर्मा,सिर्जना किराती र John B Bam Thakuri को अभिनय रहेको छ ।