काठमाडौं– पछिल्लो समय बैंकको उच्च व्यवस्थापनमा महिलाले नेतृत्व गर्न थालेका छन् । सनराइज बैंक लिमीटेडको डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको संचालक समितिको बैठकले डेपुटी जेनेरल म्यानेजर(डिजिएम) राणाको पदोन्नति गरेको हो ।
सन् २००३ बाट एभरेष्ट बैंकमा म्यानेजेमन्ट ट्रेनीको रुपमा बैंकिङ करिअर सुरु गरेकी राणा १९ वर्षको बैंकिङ करिअरमा उच्च तहमा पुगेकी हुन् ।
राणा यसअघि ग्लोबल आइएमई बैंकमा कार्यरत थिइन् ।
राणा करिब १४ महिनाअघि ग्लोबल छाडेर सनराइज बैंक आएकी थिइन् । राणा १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत छिन् । राणाले विभिन्न बैंकमा रहेर रिटेल बैंकिङ, मार्केटिङ, ब्राञ्च म्यानेजमेन्ट, कर्पोरेट लेण्डिङ, इन्फ्रास्टक्चर प्रोजेक्टमा फाइनान्सिङ लगायतका विभागमा काम गरेकी थिइन् ।