• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा,लगानीकर्ता भने दुखि

काठमाण्डौ – पुस महिना भरिमा बोनस घोषणा गरिसक्नु पर्ने भए पनि कम्पनीहरुले अहिले पनि लाभांस घोषणालाई निरन्तरता दिइरहेका छन ।

यसै विच प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको माघ २५ गते आइतबार सम्पन्न २१३ औं सञ्चालक समितिको बैठकले ८।४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले हाल इन्स्योरेन्सको आव २०७६।७७ बाट कायम चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५६० रुपैयाँ बराबरको बोनस शेयर र बोसमा लाग्ने कर प्रयोजनका लागि ०।४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८१८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीम समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

यसअघि २०७३र७४ मा कम्पनीले २० प्रतिशत बोनस शेयर र १।०५ प्रतिशत नगद गरी २१।०५ प्रतिशत लाभांश वितरण गरेका थियो ।विगत दुई आवमा लाभांश वितरण नगरेको कम्पनीको लाभांश १२।६३ प्रतिशतले गत आवको लाभांश घटेको हो ।

बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया