आईपीओ जारी गर्ने तयारी गरेको सिटिजन लाइफको वित्तीय सूचांकमा छलाङ

काठमाण्डौं– आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा शुल्क आर्जन र नाफा बढाएको छ ।

सिटिजन लाइफले दोस्रो त्रैमासमसम्ममा बीमा शुल्क आर्जन पोहोर भन्दा ७३.२६ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३७ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको सिटिजन लाइफले जनाएको छ । पोहोर सोही अवधिमा ७९ करोड ३६ लाख रुपैयाँमा मात्र बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको दोस्रो त्रैमासमा नाफा ९.८० प्रतिशतले बढेको छ । यो अवधिमा ११ करोड १ लाख रुपैयाँ नाफा भएको छ । पोहोर सोही अवधिमा १० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १००.४४ प्रतिशतले बढाएर १२ करोड १७ लाख रुपैयाँ पुर्याएको छ । पोहोर यस्तो आय ६ करोड ७ लाख रुपैयाँमा सीमित थियो । बीमा लेखे धितोमा कर्जाबाट हुने आय १७ लाख ८६ हजार रुपैयाँ रहेकोमा बढेर ५६ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । जीवन बीमा कोषको आकार बढएर २ अर्ब ३९ करोड पु¥याएको छ ।

प्रतिक्रिया