काठमाण्डौ–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला विभिन्न कम्पनीले प्राथमिक शेयर(आईपीओ) सहित दोस्रो बजारमा पनि शेयरको किनबेच भैरहेको छ । यसैबीच नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले २५ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ ।
एनसीसीले संस्थापक सेयर लिलामीमार्फत बेच्न लागेको हो । फागुन ११ गतेबाट लिलामीमार्फत संस्थापक समूहको २५ लाख कित्ता सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । यो शेयर संस्थापक शेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पी तथा संस्थाहरुले बोलपत्र पेश गरेर खरिद गर्न सक्नेछन् ।
लिलामी राख्ने शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा तोकिएको छैन । बोलपत्र फागुन ९ गते अपराह्न ३ बजेसम्म पेश गर्न सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।