काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको चन्द्रागिरी हिल्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
आज स्पेशल प्रिओपनिङ १ सय ६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । यो सेसनमा सो कम्पनीको २ कित्ता कारोबार भएको छ । शेयर ३२ नम्वर ब्रोकरले खरिद गरेका छ भने ३४ र ५९ ब्रोकरले खरिद गरेको छ ।
चन्द्रागिरीको आईपीओ १ लाख ३९ हजार ६०२ जनाको हितग्राही खातामा पठाइसकेको छ । जसमा २ जनाले ११ र बाँकीले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए ।
चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।