काठमाडौं–नेपाल राष्ट्र बैंककका कर्मचारी गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्तरिक बढुवा आफू नजिकका कर्मचारीलाई गरिएको बिरोधमा कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाएका छन् ।
राष्ट्र बैंकमा गत माघ २१ गते प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्देशकबाट उप–निर्देशकहरुको बढुवा भएको थियो । कर्मचारी विनियमावली अनुसार बढुवा कार्यसम्पादन मूल्यांकन र बरिष्ठताको आधारमा गरिने पदपूर्तिका लागि बढुवा दरखास्तमा उल्लेख गरिएको थियो ।
तर गभर्नर अधिकारीले सोको कार्यन्यवन नगरी आफूखुसी बढुवा गरेको भन्दै राष्ट्र बैंक कर्मचारी संघ विरोधमा उत्रिएको हो ।
रिक्त रहेको उप–निर्देशकमा कार्यसम्पादन मूल्यांकन १८९.७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको उल्लेख छ ।
तर गभर्नर अधिकारीले आफ्नो कार्यालयमा जिम्मेवारी समेत राम्रोसँग पुरा नगर्ने एक जना चार्टर्ड एकाउण्टेन्ड सहायक निर्देशकलाई भनसुनको आधारमा बढुवा गरेको राष्ट्र बैंकै कर्मचारीहरुको आरोप छ ।